कृष्ण आदर्श विद्यालयमा प्याट्रोल कुकिङ कम्पिटिशन

हेटौंडा, हेटौंडा–९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा रहेको स्काउट ट्रुपमा मंगलबार अन्तर प्याट्रोल कुकुङ कम्पटिशन भएको छ । स्काउट विद्यार्थीको सीप र क्षमता विकासका लागि स्काउटले खानाका परिकार बनाउने अन्तर समूह प्रतिष्पर्धा गराएको हो ।

ADVERTISEMENT

प्रति समूहमा ८ जनाका दरले ५ वटा समूहलाई नेपाली खाना बनाउने प्रतिष्पर्धामा उतारिएको थियो । २ घण्टाको समयसीमाभित्र सबैभन्दा स्वादिलो, साजसज्जायुक्त र सफा किचनमा व्यवस्थित तरिकाले खाना पकाउने ३ वटा समूहलाई उत्कृष्ट घोषित गरिएको थियो । स्काउट विद्यार्थीले तोकिएको समयमा भात, तरकारी, दाल, साग, अचार, मासुलगायतका परिकार तयार गरेका थिए । प्रतिष्पर्धामा चिता, पिकक र हर्स प्याट्रोल उत्कृष्ट घोषित भएका थिए । प्रतियोगिता विजयी भएकालाई मेडल र सहभागी सबैलाई कुकिङ मेरिट वायज र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट हुने समूहका सदस्यलाई स्काउट ब्याच प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक अशोक सारुमगरले जानकारी दिए । विद्यार्थीहरुको क्षमता र सीप विकासमा स्काउटले गरेको प्रतिस्पर्धा प्रसंशनीय रहेको कृष्ण आदर्श बोर्डिङ स्कुलका सञ्चालक नविन केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya