भोली टोल विकास संस्था नगर समन्वय समितिको तेस्रो अधिवेशन


हेटौंडा/टोल विकास सस्था नगर समन्वय समिति हेटौंडाको तेस्रो अधिवेशन भोली (शनिबार) हेटौंडामा हुँदैछ । शनिबार हुने तेस्रो अधिवेशनबाट ५१ सदस्यीय नयाँ कमिटी निमाण गर्नेछ । जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपपमहासचिव १ जना, सचिव ५ जना, कोषाध्यक्ष १ जना, सहकोषाध्यक्ष १ जना, भुगोलतर्फ १९ जना, खुल्ला सदस्यमा ५ जना, महिलामा २ जना, दलित, जनजाति तथा सिमान्तकृत महिलामा ४ जना र मनोनितबाट ६ जना गरी ५१ सदस्यीय कार्य समिति निर्माण हुने छ ।

ADVERTISEMENT

समितीको अध्यक्ष ध्रुर्व अधिकारीको अनुसार नगरमा रहेका १९ वटा वडाबाट ७ सय जना प्रतिनिधिले सहभागिता जनाउने छन् । नगरमा करिब ३ सय ४९ वटा टोल विकास सस्था रहेका छन् ।

समितिको कार्यकाल ४ वर्ष रहने छ । समितिको अध्यक्षमा पुनः ध्रुव अधिकारीले नै दोहो¥याउने चर्चा रहेको छ । रोयल पार्टी प्यालेसमा हुने कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले उद्घाटन गर्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya