भोली थाहानगरमा चौथो थाहा महोत्सव शुरु हुँदै, प्याराग्लाइडिङबाट पुष्प वृष्टि गर्ने

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भोली विहीबारबाट चौथो थाहा महोत्सव शुरु हुँदैछ । ‘कृषि, पर्यटन, पूर्वाधार–आर्थिक विकासको मूल आधार’ नाराका साथ थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुँदैछ ।

ADVERTISEMENT

विहान ९ः३० बजे थानाबजारबाट बाजागाजासहित र्‍याली सुरु भई महोत्सव स्थलमा पण्डितबाट स्वस्तिक वाचन गरी प्याराग्लाइडिङबाट पुष्प वृष्टि गरी महोत्सवको उद्घाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने छन् ।

कृषि पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित महोत्सवमा लोपोन्मुख सामानहरुको प्रदर्शनी, कृषि उपज, अटो प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि जानकारी, दैनिक उपभोग्य सामाग्रीको बिक्रीलगायत २ सय ३० वटा स्टल रहन्छ । साथै रोटे पिङ, मवतका कुवा, बाल उद्दानका सामाग्री, ड्राइगन रेल पनि सञ्चालन हुनेछ ।’ थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले भने –‘हरेक दिन राष्ट्रिय, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहन्छ भने । हरेक दिन थाहा आइडल पनि सञ्चालन हुनेछ ।’

‘थाहा महोत्सवमा हरेक दिन एक जना दोहोरी, एक जना आधुनिक र हास्यव्यङ्ग्य कलाकारलाई समेट्ने योजना रहेको छ ।’ उनले भने –‘कलाकारहरुको तालिका अनुसार कार्यक्रम तय गर्नुपर्ने छ ।’

मंसिर १५ गते बबिता बानियाँ ‘जेरी’ को प्रस्तुती रहने
चर्चित लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ थाहा नगरपालिका आउने भएकी छिन् ।

Advertisement 5

चौथो थाहा महोत्सवको मंसिर १५ गते प्रस्तुती दिन बानियाँ थाहा नगरपालिका आउने भएकी छिन् । साथै शुक्रबार महोत्सवमा उर्गेन दोङ, विजय बानियाँ, मेलोडी कलाकार रमेश श्रेष्ठ, स्थानीय कलाकार र हरेक दिन थाहा आइडलल (एकल नृत्य) को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *