हेटौंडा, हेटौंडामा मोटरसाइकलको ठक्करबाट हेटौंडामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा १७ हटियाका ५० वर्षीय धर्मराज पौडेल रहेका छन् ।
हेटौैंडा–सिन्धुली सडकखण्ड अन्तर्गत हेटौंडा–१७, सानोगंगटेमा हेटौंडाबाट हात्तीसुँढेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा रहेका पौडेल गम्भीर घाइते भएका थिए ।
घाइते पौडेलको उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । उनको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पौडेललाई ठक्कर दिने मोटरसाइकल र चालक बकैया गाउँपालिका–१२ घलेगाउँका ३१ वर्षीय बलराम घले प्रहरीको नियन्त्रणमा रहेका छन् ।







