५८ औँ वार्षिकोत्सवको अवसरमा श्रमिक माविको खेलकुद कार्यक्रम

हेटौंडा, हेटौंडा ४ मा रहेको श्रमिक माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहको अवसरमा विविध खेलकुद कार्यक्रम मङ्गलबारबाट शुरु भएको छ ।

ADVERTISEMENT

सबै तहका विद्यार्थीलाई समावेश गरी प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिए।

पुस १३ गतेसम्म खेलकुदका विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ भने पुस १४ गते सांस्कृतिक (नृत्य) प्रदर्शनी, पूर्व विद्यार्थी भेला र सम्मान तथा पुरस्कार वितरण गरी कार्यक्रम समापन गरिने विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *