थाहानगर, पालुङ जेसीजले नेपाल जेसीज अन्तरगतका शाखा कोषध्यक्षहरुको फेलोसिप मिट आयोजना गर्ने भएको छ ।
आगामी कात्तिक १७ र १८ गते थाहा नगरपालिका वडा नं. २ फाँटबजार स्थित ‘डाँडाँघरे बाको होमस्टे’ मा फेलोसिप मिट हुने पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्कीले बताए ।
कार्यक्रमको मकवानपुर जिल्लमा रहेका ८ वटा शाखाको सहआयोजना रहनेछ । मकवानपुरमा पालुङ जेसीजको साथै, हेटौंडा जेसीज, हेटौंडा लेडी जेसीज, बसामाडी जेसीज, बस्तीपुर जेसीज, बकैया जेसीज, मकवानपुरगढी जेसीज, चैनपुर जेसीज क्रियाशिल छन् ।
कार्कीका अनुसार फेलोसिप मिटमा नेपाल जेसीज अन्तरगत १७८ वटा शाखाका कोषाध्यक्षहरु लगायत शाखाका पदाधिकारीहरु र नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता हुनेछ ।
हालसम्म ५० जना भन्दा बढीको रजिष्ट्रेसन भईसकेको कोषाध्यक्ष कार्कीले बताए । कार्यक्रममा मकवानपुरको र थाहा नगरको पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराईनुका साथै थाहा नगरको अध्ययन अवलोकन गराईने छ ।
थाहानगरको पर्यटन प्रवद्र्धनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।कार्यक्रमकै अवसरमा चित्लाङमा प्याराग्लाईडिङ, पालुङ आग्रा पदयात्रा, कुलेखानी ईन्द्रसरोबरमा बोटिङ गर्न सकिने पनि आयोजकले बताएको छ ।






