संरचना हटाउन हेटौंडामा कार्यदल गठन

हेटौंडा/हेटौंडा उपमहानगरपालि क्षेत्रमा अतिक्रमण र मापदण्ड बिपरीत रहेका संरचना हटाउन कार्यदल गठन गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्पुर्ण वडामा नियम बिपरीत निर्माण भएका संरचनाको मुल्याङक र अनुगमनका लागि हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो ।

ADVERTISEMENT

बैठकले संरचनाहरु हटाउनका लागि ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने जनाएको छ । कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेको अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगरप्रमुख लामाले बताइन् । राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्ड बिपरीत निर्माण भएका संरचनाको मुल्याङकन गर्ने र हटाउने बताइएको छ । नगरक्षेत्रमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरु स्वस्फुर्त हटाउन ३५ दिने सुचना प्रकाशन गरेसँगै कार्यदलले काम सुरु गर्ने बताइएको छ । नगर प्रमुख लामाका अनुसार सुचना प्रकाशन पछि नहटाएमा उपमहानगरले उपकरणको प्रयोग गरेर हटाउने जानकरी दिइन् । उनले भनिन् ‘ हामी सुन्दर शहर निमार्णको अभियानमा छौं, यस्ता अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजार सुन्दरतामा कमि ल्याएको र कानुन बिपरीत रहेकाले हटाउने चयारी थालेका हौं । ’

कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा–१ का कार्यपालिका सदस्य इश्वरी रसाईली हेटौंडा–२ का सदस्य सुरज बतौंला, हेटौंडा–४ का सदस्य जेएन श्रेष्ठ र सरोकार वाला निकाय मकवानपुर उधोग बाणिज्य संघबाट एक सदस्य रहने बताइएको छ । त्यस्तै बैठकले हेटौंडा–१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ मा सार्ने निर्णय गरेको छ । बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा १ को राप्ति करीडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिइन् । तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सुचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने उनले बताइन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya