हेटौंडा, हेटौंडा- ९ मा रहेको सिआन पुर्नस्थापना केन्द्रको अध्यक्षमा विजेन्द्र अग्रवाल चयन भएका छन् । शनिबार हेटौंडामा भएको संस्थाको सातौँ वार्षिक साधारणसभाबाट विजेन्द्र अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।
समितिको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा मेनुका ब्लोन लामा, सह–सचिवमा ओम फुयाल (अनिष आयु बाबा) र कोषाध्यक्षमा मन डिसी चयन भएका छन् ।
यसैगरी सदस्यमा आतिष दाहाल, विनोद आचार्य, शुभेच्छा कार्की र मिनु अग्रवाल चयन भएको निर्वाचन समितिका संयोजक अर्पण पराजुलीले जानकारी दिए ।






