मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशी

हेटौंडा, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन्।

अन्तर्राष्ट्रिय छनोट प्रक्रियाका आधारमा जर्मनीको काल्र्सस्रुहे विश्वविद्यालयबाट रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर गरेका जोशीलाई संरक्षक समितिको निर्णयबाट यही मङ्सिर १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

उनले यसअघि बासस्थानसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका नेपाल प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक भइसकेका छन् । स्वायत्त र मौलिक प्रकृतिको उक्त नयाँ विश्वविद्यालयका कुलपति, उपकुलपति नभई अध्यक्ष, उपाध्यक्ष र संरक्षणक समितिको कानुनी प्रबन्ध गरिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित सात सय ४० रोपनी जग्गामा स्थापित विश्वद्यालयका अध्यक्ष डा राजेन्द्रध्वज जोशी रहेका छन् । विश्वविद्यालयले नेपालमै पहिलो पटक विश्वस्तको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा यसै वर्षदेखि शिक्षण सुरु गरेको छ ।

विश्वविद्यालयले ती तहमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इञ्जिनीयरिङ, अर्ग्यानिक एग्रिकल्चर एण्ड फुड, डिजिटल टेक्नोलोजी, टुरिजम साइन्स एण्ड इञ्जिनीयरिङ, डेटा साइन्स विषयमा पढाउन थालेको छ । विश्वविद्यालयले हाल सुविधा सम्पन्न प्रयोगशालासहित चार वटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button