हेटौंडा उपमहानगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । दुई पालिकाका बीच आसपमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान–प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले बताइन् । आगामी दिनमा एकले अर्को पालिकालाई सहयोग गरी अघि बढ्नका लागि भगिनी सम्बन्धलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाइने प्रमुख लामाको भनाई छ ।

आगामी दिनमा दुवै पालिकाका कार्यपालिका सदस्यहरुबीच आपसी छलफलमार्फत सहकार्य, सहयोगात्मक अभियानका गतिविधीलाई अगाडी बढाइने हेटौंडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख,उपनिर्देशक अनिरुद्र नेपाल बताउँछन् । गुरु रेम्पोछेको प्रतिमा शिलान्यास सहित दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापितको उद्घेश्यले आयोजित कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत लक्ष्मण कुईकेल, प्रमुख रानीतिक सल्लाहकार शिशिर वाईवा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण थापा, वडा नम्बर ९ का अध्यक्ष शुकराम केसी, हेटौंडा उपमहानगरपालिका प्रमुखका स्वकीय सचिव रूपा बिडारी, नागीथामडाँडा संरक्षण समितिका अध्यक्ष फुर्पासिंगी लामा लगायतको उपस्थिती थियो ।

हेटौंडा उपमहानगरपालिकाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट आफ्नो पहिलो भगिनी सम्बन्ध सुरुवात गरेको हो । आगामी दिनमा अन्य जिल्लाका पालिकासंग पनि भगिनी सम्बन्ध कायम गरी अघि बढ्ने योजनामा पालिका रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya