हेटौंडा, थाहा नगरपालिकाको शैक्षिक सुधारको लागि थाहा नगरपालिकाको मयेर विष्णु विष्टलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक महासंघ तथा महासंघमा आवद्ध क्रियाशिल संघ संगठनका अध्यक्ष तथा पदाधिकारीहरूले बुधबार थाहा नगरका नगर प्रमुख विष्ट र शिक्षा शाखा अधिकृतलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
महासंघका थाहा अध्यक्ष राजाराम कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष रुपचन्द्र गोपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष मनोज रायमाझी, नेपाल शिक्षक संघका नगर अध्यक्ष विनोद सुवेदी, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि हरीशरण रायमाझी सहितको टोलिले नगर प्रमुखको कार्यकक्षमा पुगि ध्यानाकर्षणपत्र बुझाएको हो।
पत्रमा भनिएको छ–‘थाहा नगरपालिका शिक्षा शाखाको तर्फबाट भए गरेका केही अस्वाभाविक तथा विभेदपूर्ण क्रियाकलापहरुमा हाम्रो गम्भिर ध्यानाकर्षण भएकोले ध्यानाकर्षण पत्र पेश गर्दछौं ।’
ध्यानाकर्षण पत्रमा विद्यालयहरुका दुरी एवम् विद्यार्थी संख्याको आधारमा तहगत र विषयगत दरवन्दी मिलानको लागि सरोकारवाला पक्षहरुको बीचमा वृहत छलफल गरी दरबन्दी मिलान गर्न भनिएको छ । त्यस्तै आधारभुत शिक्षा उत्तीर्ण (कक्षा ८) परीक्षा संचालन तथा व्यवस्थापन निर्देशिका २०७५ अनुसार केन्द्र कायम, केन्द्राध्यक्ष व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण, प्रश्नपत्र निर्माण लगायतका कार्य सञ्चालन निर्देशिकामा व्यवस्था भए वमोजिम नभएको हुँदा सोही निर्देशिका बमोजिम गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
यसैबीच शिक्षकहरुको जायज मागहरु क्रमशः पूरा गर्ने नगर प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । कार्यक्रममा थाहानगर शिक्षक महासंघ तथा शिक्षक संगठन र संघका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।
ध्यानकर्षण पत्रको पूर्णपाठ








