विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिता हुने

हेटौंडा, मकवानपुर क्रिकेट संघको आयोजनामा दोस्रो स्वर्गीय निरज स्मृति विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मकवानपुर क्रिकेट संघले प्रतियोगिता बारे जानकारी गराएको थियो । माघ २० गतेबाट हेटौंडा ४ स्थित हुप्रामा सञ्चालन हुने प्रतियोगितामा सामुदायिक र निजी विद्यालय गरी कुल १६ विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक संजोग पोखरेलले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगिताको प्रथम र द्वितिय हुने टिमलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द सिरिजलाई नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच लाई ट्रफि र प्रमाण पत्र प्रदान गरिने र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट गरि अण्डर १६ जिल्ला टिम निर्माण गरी प्रशिक्षण गराउने क्यान मकवानपुरका अध्यक्ष करन महत्रा क्षेत्रीले बताए ।

११ दिन सम्म चल्ने प्रतियोगिताको अनुमानित ५ लाख ५० हजार खर्च लाग्ने संघका सचिव तथा राष्ट्रिय एम्पायर बिनोदकुमार बानियाँले जानकारी दिए ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि भुटनदेवी माविले जितेको थियो । पत्रकार सम्मेलनमा राष्ट्रिय अम्पयार सुनिल बर्तौला, मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्रा, सचिव बिनोद बानिंया, कोषाध्यक्ष धिरज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । मकवानपुर क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका श्रेष्ठ ब्लड क्यान्सरबाट मृत्यु भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya