स्ट्यानको आयोजनामा जिल्लास्तरीय हाजिरी जवाफ

हेटौंडा,विज्ञान शिक्षक समाज (स्ट्यान) मकवानपुरको आयोजना र मकवानपुर बाल विद्या सदनको सहकार्यमा जिल्लास्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा –१८ स्थित मकवानपुर बाल विद्या सदनको सभाहलमा भएको उक्त कार्यक्रममा जिल्लाका १८ ओटा विद्यालयहरूको सहभागिता रहेको थियो । स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा माराष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

पहिलो छनौट चरणबाट ९ ओटा विद्यालयहरू छानी गराइएको हाजिरी जवाफमा जनप्रिय मावि हेउनपा –१६ प्रथम, तुलसीमेहर मावि हेउनपा–१० द्धितीय र नवोदय शिशु सदन हेउनपा –४ तृतीय भएका थिए । पुरस्कृत विद्यालयहरूलाई क्रमश स् रु। पाँच हजार , चार हजार , तीन हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले ‘विज्ञान र प्रविधिको विकास हुन सके मात्र देशको विकास हुने र यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा विज्ञान प्रतिको सकारात्मक धारणा अभिवृद्धि हुन सहयोग पुग्ने बताए। ’ ‘माध्यमिक तह विज्ञान विषयका असी प्रतिशत र सामान्यज्ञानका बीस प्रतिशत प्रश्नहरू समावेश गरी हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको ’ स्ट्यान जिल्ला सचिव सुवास खनालले बताए ।

कार्यक्रममा बाल विद्या सदनका निर्देशक सुदीप गिरी, स्ट्यान प्रदेश सदस्य मनिल कर्ण, अग्रज विज्ञान शिक्षक राधेलाल मण्डल, जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रिन, मकवानपुर गढी पालिका अध्यक्ष दीपेन्द्र यादव, मनहरि पालिका अध्यक्ष ओम प्रकाश सापकोटा , हेटौँडा नगर सचिव सुदर्शन पौडेल ,नगर सदस्य ईश्वर रिजाल शिक्षकहरू अर्चना दहाल, रविन श्रेष्ठ लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको औचित्यबारे स्ट्यान जिल्ला उपाध्यक्ष भरत पोख्रेलले स्पष्ट पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव सुवास खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *