कवि शिरोमणि पौडेलको १ सय ३९ औँ जन्मजयन्ती मनाइयो

हेटौंडा, रामेछाप काभ्रे मैत्री समाजको आयोजनामा आयोजित कवि शिरोमणि लेखनाथ पौडेलको १३९ औं जन्म जयन्ती आइतबार मनाएको छ।

ADVERTISEMENT

रामेछाप काभ्रे मैत्री समाजका अध्यक्ष मानबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले लेखनाथको जीवनको गतिविधि र योगदानको बारेमा प्रकाश पारेका थिए ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले लेखनाथजस्ता साहित्यका विशिष्ट व्यक्तित्वलाई सस्थाले सम्झेकोमा धन्यवादसहित आगामी दिनमा सहकार्यमा कार्यक्रम गर्न सकिने बताए।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, सचिव मनोज पोखरेल, चेतप्रसाद पौडेल, विष्णु गौतमलगायतको उपस्तिथि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya