हेटौंडा, हेटौंडा ४ मा रहेको श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको तरलता १८ दशमलव २९ प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
१ हजार ९ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी १ करोड ४६ लाख रुपैयाँ, जगेडा कोष ९१ लाख ५३ हजार रुपैयाँ रहेको व्यवस्थापक रामहरी खरेलले जानकारी दिए ।
सहकारीको लगानीमा रहेको कर्जा ६ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको छ भने बचत/निक्षेपमा २ करोड ४० हजार रुपैयाँ रहेको छ । सहकारीमा १ सय ९५ जना ऋण सदस्य रहेका छन् ।







