भीमफेदी बालगृहमा हेटौँडाको उपभोक्ता समितिद्वारा सहयोग

हेटोंडा, भीमफेदी गाउँपालिकास्थित बालगृहमा पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न सहयोग गरेको छ ।

हेटौँडा उपमहानगरपालिका २ मा रहेको पुरानो मकवानपुर रोड सडक, ढल, पेटी निर्माण उपभोक्ता समितिले खाद्यान्न अभाव झेल्दै आएका भीमफेदी बालगृहका बालकका लागि बुधबार बालगृह पुगेर सहयोग प्रदान गरेको हो । उपभोक्ता समितिले समितिमा रहेको बचतबाट आएको व्याज रकमबाट चामल, दाललगायतका खाद्यान्न बालगृहमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि सहयोग गरिएको समितिका अध्यक्ष मञ्जु दाहाल खतिवडाले बताइन्।

उहाँका अनुसार बालगृहमा चामल, दाल, चिउरा, तेल, चना, चिनी, गेडागुडी, अण्डा, नुन, चियापत्तीलगायतका खाद्यान्न ३० हजार रुपियाँ बराबरको सहयोग गरिएको छ । उपभोक्ता समितिले दैनिक उपभोग्यका सामग्रीहरु नेपाल बाल सङ्गठन मकवानपुरका अध्यक्ष अशोक सारू मगरलाई हस्तान्तरण गरेको थियो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष राजु श्रेष्ठ, सचिव शैलेश मानन्धर, कोषाध्यक्ष अजय मानन्धर, सदस्य श्रीमति कृष्णकला पुडासैनी, सङ्गठनका जीवन तिमिल्सनालगायतको उपस्थिति रहेको थियो । बालगृहमा हाल १४ जना बालक रहेका छन् । बाल गृहमा आश्रित बालिकाहरुलाई नेपाल बाल संगठन केन्द्रीय बाल मन्दिर नक्सालमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button