थाहा महोत्सवमा शान्ती परियारको प्रस्तुतीमा झुमे दर्शक

हेटौंडा, थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेल चौथो थाहा महोत्सवमा गायिका शान्ति श्री परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । शनिबार बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए ।

ADVERTISEMENT

‘मन प¥यो क्या गर्नु’, ‘रुकुमको हान्यो माया चौका दाउ हुकुमको’, ‘खोली तारी देउ न माझी दाई’, ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’लगायतको गीत गाउँदै गायिका परियारले महोत्सवमा प्रस्तुती दिएकी थिइन् । उनको प्रस्तुतीमा दर्शकले हुटिङ गर्नुको साथै नाचेर साथ दिए ।

शनिवार शान्तिसँगै गायक सरोज लामिछाने, रवि हमाल, गणेश केसीको प्रस्तुती रहेको थियो । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुनेछ ।

शनिबार भएकोले स्टेजदेखि स्टल र बालउद्यानसम्मै दर्शकको भीडभाड देखिएको थियो । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार, स्थानीय र थाहा आइडल एकल नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *