अन्डर १६ प्रदेश क्रिकेट टिममा मकवानपुरका दुई खेलाडी छनौट

हेटौंडा, अन्डर १६ मनमोहन कप क्रिकेट प्रतियोगिता खेल्ने बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका दुई खेलाडी छनौटमा परेका छन् ।  सुर्यान्सु कोइरालाको कप्तानीमा रहेको बागमती प्रदेशको टोली घोषणा हुँदा मकवानपुरका रोहित ठाकुर र शिव शक्ति महतो टिममा पर्न सफल भए ।  

ADVERTISEMENT

मनमोहन मेमोरियल कप क्रिकेट सेन्टरको आयोजनामा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म पोखरामा  प्रदेश स्तरीय मनमोहन कप क्रिकेट प्रतियोगिता हुँदैछ । जसका लागि बागमती प्रदेश क्रिकेट संघले कोइरालाको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोली घोषणा गरेको हो । बागमती प्रदेश क्रिकेट संघले खेलाडी छनौटको लागि ६ जिल्ला बिच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । बागमतीको टिममा सुर्यान्सु कोइराला, रोहित शर्मा, बुद्ध मान बिष्ट, हिमाल बोहरा, जोय थापा, रोहित ठाकुर, शिव शक्ति महतो, बिरेन्द्र सिं धनाडी, दिपेश शाह, सौर्य सिंह ठाकुर, तपेन्द्र विष्ट, सुसिल सौड, युगान्त कार्की, हिमाल घिमिरे रहेका छन् ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डर अनुसारको यस प्रतियोगितामा सात वटा प्रदेशबाट १/१ र आयोजक मनमोहन मेमोरियलको १ गरी जम्मा ८ वटा टिम सहभागी हुनेछन् ।  लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह क मा कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ख मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।

विजेता टिमले १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र प्रस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *