हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।
शुक्रबार भएको क्रिकेट प्रतियोगितामा श्रमिक माध्यमिक विद्यालय विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सत्यम जेभियर्स इङ्लिस विद्यालयलाई ८ विकेटले पराजित गर्दै श्रमिक विजयी भएको हो । शुरुमा ब्याटिङ गर्न मैदानमा उत्रेको सत्यमले ३२ रन बनायो ।
३३ रनको लक्ष्य पाएको श्रमिकले २ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । प्रतियोगितामा श्रमिक विद्यालयका युवराज कुशवाह म्यान अफ द म्याच घोषित भए । फाइनल प्रवेशको लागि श्रमिकले आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयसँग र नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले भुटनदेवी माध्यमिक विद्यालयसँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।








