दलित महिलाका लागि उद्दम विकास तालिम

हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका दलित महिलाका लागि हेटौंडामा उद्दम विकास तालिम सञ्चालन भएको छ ।

ADVERTISEMENT

नेपालमा दलित महिला तथा किशोरीको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत फाउन्डेसन फर अ जस्ट सोसाइटीको सहयोगमा दलित महिला संघ फेडोले तालिमको आयोजना गरेको हो । ११ गतेसम्म सञ्चालन हुने तालिममा बकैया र हेटौंडाका ३२ समूहका प्रतिनिधि सहभागी रहेका छन् ।

दलित महिलाहरुले गर्दै आएको उद्दमलाई सहयोग गर्र्दै थप व्यवस्थित रुपमा काम गर्ने वातावरण बनाउनका लागि तालिमको आयोजना गरिएको फेडोका परियोजना संयोजक विमला विश्वकर्माले जानकारी दिइन् । तालिमको दलित महिला संघका उपाध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुनिता दर्नालले उद्घाटन गरेकी हुन् । सचिव मन्जु रोक्काले स्वागत मन्तव्य व्यक्त गर्दै तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न अनुरोध गरिन् ।

व्यवसाय गर्ने दलित महिलाहरुको समूहरुलाई आवश्यकता अनुसार बिउँपुजी समेत सहयोग गरिने आयोजकले बताएको छ । ‘आ आफ्नै तवरले उद्दम गरिरहनुभएका दलित महिला दिदीबहिनीलाई यस तालिमले थप सहज हुनेछ भन्ने विश्वास लिएका छौं’, फेडोका उपाध्यक्ष दर्नालले भनिन्, ‘आगामी वर्ष पनि आवश्यकता अनुसार यस्ता तालिमलाई निरन्तरता दिँदै जानेछौं ।’
तालिमका सहभागीलाई प्रशिक्षक राजबहादुर गिरीले सहजीकरण गरिरहेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *