प्रशिक्षक थापाद्वारा शिक्षण सिकाइमा क्रियाकलाप केन्द्रित प्रशिक्षण

हेटौंडा,३ लेवट अवस्थित मकवानपुर एभरेष्ट ईंग्लिश विद्यालयमा शिशु कक्षा देखि ७ कक्षा सम्म अध्यापनरत शिक्षक शिक्षिकाहरुलाई अमेरिकन राजदुतावास, क्षत्रिय ईंग्लिश लाङ्वेज अफिसद्वारा प्रदान गरिएको बोर्ड गेम सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ।

ADVERTISEMENT

प्रशिक्षक विवश जंग थापाले ३० जना शिक्षक शिक्षिकालाई बोर्ड गेम प्रदान गरी प्रशिक्षण दिएका हुन। शिक्षकहरु लाई विभिन्न समूहमा राखेर , विषयगत प्रश्न बनाई अतिरिक्त क्रियाकापहरू समेत समावेश गरी सहजीकरण गरिएको थियो।सबै उमेर समूहलाई र विभिन्न क्षमता भएका बालबालिकालाई मध्येनजर गर्दै ,नाम भन्ने , आफ्नो बारेमा भन्ने जस्ता खेल सम्बन्धी सहजीकरण गरिएको थियो।

कक्षाकोठामा बालबालिका लाई खेलद्वारा शिक्षण सिकाइ गर्दा रुचिकर हुने र सकाई समेत दिगो प्रभावकारी हुने कुरा विद्यालयका प्रधानाध्यापक आशिष कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *