हेटौंडा, लागूऔषधमुक्त समाजको उद्देश्यसहित लागूऔषध प्रयोगकर्र्ता सुधारको अभियान सञ्चालन गरिरहेको संस्था मकवानपुर रिकभरिङ समूहलाई मकवानपुरका विभिन्न स्थानीय तहबाट सहयोग प्राप्त भइरहेको छ । लागूऔषध प्रयोगकर्तालाई सुधार गर्दै आइरहेको समूहलाई विशेषगरी हेटौंडाका विभिन्न वडाले समूहको कार्यालय व्यवस्थापन तथा खेलकुद सामग्री सहयोग गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ ले समूहलाई खेलकुद सामग्री सहयोग गरेको छ । वडाले ४ थान ब्याड्मिन्टन, ४ थान टेबलटेनिस ब्याट, २ थान क्यारमबोर्ड, चेस, लुडो, ब्याड्मिन्टनको कक सहयोग गरेको थियो । मकवानपुर रिकभरिङ समूहको कार्यालयमा पुगेर हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष सविन न्यौपाने, सदस्य ईश्वरी रसाइली, मनु दाहालले खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले समूहलाई ३० हजार रुपैयाँ बराबरको डाइनिङ टेबल र कुर्सी सहयोग गरेको छ । वडा अध्यक्ष जुना दाहाल र सचिव जीवन ढु·ेलले समूहको कार्यालयमा पुगेर प्रबन्ध निर्देशक सन्दिप शाक्यलाई १६ थान कुर्सी र ४ थान डाइनिङ टेबल सहयोग गरेका हुन् । स्थानीय तहको सहयोगले काम गर्ने जोश जाँगर र उत्साह थपिएको शाक्यले बताए ।
हेटौडा उपमहानगरपालिका ३ नम्वर वडा कार्यालयले समूहलाई कार्यालय प्रयोजनको लागि अफिस टेबल र कुर्सी सहयोग गरेको छ । हेटौंडा ३ का वडाध्यक्ष ढलकबहादुर थापा र सदस्य रत्न भ्लोनले १ थान अफिस टेबुल र १ थान अफिस कुर्सी समूहलाई हस्तान्तरण गरेका थिए । हेटौंडाको विभिन्न वडासँग सहकार्य गरी मकवानपुर रिकभरिङ समूहले विभिन्न विद्यालयमा लागूऔषध दुव्र्यसन तथा एचआईभी एड्स बिरुद्धको सचेतनामुलक कार्यक्रम सञ्चालन भईरहेको शाक्यले जानकारी दिए । हाल मकवानपुर रिकभरिङ समूहमा ४९ जनाले सेवा लिइरहेका छन् ।







