हेटौंडा, मकवानपुर जिल्लाको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । १० वटा स्थानीय तहमध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
जिल्लाभरी रहेका १०२ वटा वडाहरूमध्ये सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ३३ र नेकपा माओवादी केन्द्रले २४ तथा नेकपा (एकीकृत समाजवादी)ले एउटा वडामा जितेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । हेटौंडाको मेयरमा नेकपा एसका मीनाकुमारी लामा (२३०८० मत) विजयी भएकी छिन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ (३३११४ मत) विजयी भएका छन् ।
त्यस्तै थाहा नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट ‘आदर्श’ (९७१९ मत) र उपमेयरमा कांग्रेसका भरत गोपाली (८६०७ मत) विजयी भएका हुन् । यस्तै मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भए । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती (९३६६ मत) र उपाध्यक्ष पदमा माओवादी केन्द्रका सीता पुलामी मगर (६४७० मत) विजयी भइन् ।
बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने (११२९२ मत), उपाध्यक्षमा माओवादी केन्द्र भक्तबहादुर खत्री (९५२२ मत), मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान (६७०६ मत), उपाध्यक्षमा माओवादी केन्द्रका मानकुमारी नेपाली पाख्रिन (६११० मत), विजयी भए । यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोकबहादुर मुक्तान (४८९७ मत), उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल (४०८८ मत), राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल (५४८१ मत), उपाध्यक्षमा माओवादी केन्द्रका वनस्तम थिङ (४८३९ मत) विजयी भए । इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी (३७२२ मत) र उपाध्यक्षमा उमाकुमारी लामा (३७२५ मत) विजयी भए । भीमफेदी गाउँपालिकाको अध्यक्ष पदमा भने एमालेका हिदम लामा (५५९१ मत) र उपाध्यक्षमा कांग्रेसका सञ्जीव श्रेष्ठ (५३१५ मत) विजयी भए ।
हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधि :
मेयर: मीनाकुमारी लामा (नेकपा एकीकृत समाजवादी) (२३०८० मत)
उपमेयर: राजेश बानियाँ (नेपाली कांग्रेस) (३३११४ मत)
वडा नम्बर १: सविन न्यौपाने (नेपाली कांग्रेस) (१४६७ मत)
वडा नम्बर २: विष्णुगोपाल महर्जन (नेपाली कांग्रेस) (१२५८ मत)
वडा नम्बर ३: ढलकबहादुर थापा (नेपाली कांग्रेस) (१५८४ मत)
वडा नम्बर ४: नवीन सिग्देल (नेकपा एमाले) (२११२ मत)
वडा नम्बर ५: सुशील घिमिरे (नेकपा एमाले) (२५३० मत)
वडा नम्बर ६ ः विष्णुबहादुर दहाल (नेपाली कांग्रेस) (११८१ मत)
वडा नम्बर ७ ः दामोदर गौतम (नेपाली कांग्रेस) (१४९० मत)
वडा नम्बर ८ ः रामकृष्ण थापा (नेपाली कांग्रेस) (२२१३ मत)
वडा नम्बर ९ ः सुकराम के.सी (नेकपा एकीकृत समाजवादी) (२३४५ मत)
वडा नम्बर १० ः फूर्वादोर्जे तामाङ (नेकपा एमाले) (९७२ मत)
वडा नम्बर ११ ः जुना दाहाल (नेकपा एमाले) (१५१४ मत)
वडा नम्बर १२ ः ललितबहादुर घलान (नेकपा माओवादी केन्द्र) (१३७१ मत)
वडा नम्बर १३ ः पेम्बा लामा (नेकपा एमाले) (१३१५ मत)
वडा नम्बर १४ ः दीपक खड्का (नेकपा एमाले) (१७८२ मत)
वडा नम्बर १५ ः सुनिल मोक्तान (नेकपा एमाले) (२४९१ मत)
वडा नम्बर १६ ः रामकृष्ण कोइराला (नेपाली कांग्रेस) (२४३८ मत)
वडा नम्बर १७ ः उद्धव सत्याल (नेपाली कांग्रेस) (१३१४ मत)
वडा नम्बर १८ ः अनिलकुमार बानियाँ (नेकपा एमाले) (१८९८ मत)
वडा नम्बर १९ ः नरनाथ सुवेदी ‘नवराज’ (नेकपा एमाले) (१४२३ मत)
थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिः
मेयर ः विष्णुबहादुर विष्ट ‘आदर्श’ (नेकपा माओवादी केन्द्र) (९७१९ मत)
उपमेयर ः भरत गोपाली (नेपाली कांग्रेस) (८६०७ मत)
वडा नम्बर १ ः हेरमान गोपाली (नेकपा माओवादी केन्द्र) (८६२ मत)
वडा नम्बर २ ः बमबहादुर सिन्तान (नेकपा माओवादी केन्द्र) (७३५ मत)
वडा नम्बर ३ ः हिरेन्द्रकुमार रायमाझी (नेकपा माओवादी केन्द्र) (७५९ मत)
वडा नम्बर ४ ः नारायण लामा (नेकपा माओवादी केन्द्र) (७५३ मत)
वडा नम्बर ५ ः विष्णुबहादुर गुरुङ (नेकपा एमाले) (६३२ मत)
वडा नम्बर ६ ः राजेन्द्रभक्त श्रेष्ठ (नेपाली कांग्रेस) (११३८ मत)
वडा नम्बर ७ ः शिवराज थिङ (नेपाली कांग्रेस) (९१६ मत)
वडा नम्बर ८ ः हेमकुमार थिङ (नेकपा एमाले) (६७५ मत)
वडा नम्बर ९ ः राजकुमार बलामी (नेकपा माओवादी केन्द्र) (७७८ मत)
वडा नम्बर १० ः हिराबहादुर गमाल (नेकपा एमाले) (६५३ मत)
वडा नम्बर ११ ः दिनेश बल (नेकपा माओवादी केन्द्र) (६१० मत)
वडा नम्बर १२ ः टीकाराम स्याङ्तान (नेपाली कांग्रेस) (७९८ मत)
मनहरी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिः
गाउँपालिका अध्यक्ष ः रन्जन कालाखेती (नेपाली कांग्रेस) (९३६६ मत)
गाउँपालिका उपाध्यक्ष ः सीता पुलामी मगर (नेकपा माओवादी केन्द्र) (६४७० मत)
वडा नम्बर १ ः शिवप्रसाद खनाल (नेपाली कांग्रेस) (१०९३ मत)
वडा नम्बर २ ः राजकुमार पाख्रीन (नेकपा माओवादी केन्द्र) (५९८ मत)
वडा नम्बर ३ ः अनन्तप्रकाश अर्याल (नेपाली कांग्रेस) (१०४२ मत)
वडा नम्बर ४ ः प्रकाश थापा (नेकपा माओवादी केन्द्र) (५४१ मत)
वडा नम्बर ५ ः दीपेन्द्र अधिकारी (नेकपा माओवादी केन्द्र) (७६२ मत)
वडा नम्बर ६ ः युवराज थपलिया (नेपाली कांग्रेस) (९६८ मत)
वडा नम्बर ७ ः ठाकुरराम तितुङ (नेपाली कांग्रेस) (१४८९ मत)
वडा नम्बर ८ ः नारायण उप्रेती (नेपाली कांग्रेस) (६८४ मत)
वडा नम्बर ९ ः राजकुमार श्रेष्ठ (नेपाली कांग्रेस) (१००८ मत)
भीमफेदी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिः
गाउँपालिका अध्यक्ष ः हिदम लामा (नेकपा एमाले) (५५९१ मत)
गाउँपालिका उपाध्यक्ष ः सञ्जिव श्रेष्ठ (नेपाली कांग्रेस) (५३१५ मत)
वडा नम्बर १ ः सोमबहादुर स्याङ्तान (नेपाली कांग्रेस) (९१० मत)
वडा नम्बर २ ः काशीराम बज्यु (नेकपा एमाले) (७४४ मत)
वडा नम्बर ३ ः प्रितीलाल लामा (नेकपा माओवादी केन्द्र) (७९२ मत)
वडा नम्बर ४ ः सागर पाण्डे (नेकपा एमाले) (५६८ मत)
वडा नम्बर ५ ः जहारसिं लामा (नेकपा एमाले) (७७४ मत)
वडा नम्बर ६ ः सोमबहादुर घलान (नेपाली कांग्रेस) (६८९ मत)
वडा नम्बर ७ ः मित्रबन्धु सिन्जाली (नेपाली कांग्रेस) (७३६ मत)
वडा नम्बर ८ ः विष्णुबहादुर लामा (नेकपा एमाले) (६८२ मत)
वडा नम्बर ९ ः प्रकाश पुडासैनी (नेकपा एमाले) (८०१ मत)
बकैया गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि ः
गाउँपालिका अध्यक्ष ः धर्मराज लामिछाने (नेपाली कांग्रेस) (११२९२ मत)
गाउँपालिका उपाध्यक्ष ः भक्तबहादुर खत्री (नेकपा माओवादी केन्द्र) (९५२२ मत)
वडा नम्बर १ ः आशिष तितुङ (नेकपा माओवादी केन्द्र) (७१६ मत)
वडा नम्बर २ ः विश्वराज स्याङ्तान (नेकपा माओवादी केन्द्र) (३६० मत)
वडा नम्बर ३ ः भुवनसिं घलान (नेकपा एमाले (१०४० मत)
वडा नम्बर ४ ः राजन दंगाल (नेकपा एमाले (११११ मत)
वडा नम्बर ५ ः लक्ष्मी जिम्बा (नेपाली कांग्रेस) (८९३ मत)
वडा नम्बर ६ ः फूलबहादुर भोम्जन (नेकपा एमाले (८३४ मत)
वडा नम्बर ७ ः मानबहादुरर सिन्तान (नेकपा माओवादी केन्द्र) (९८६ मत)
वडा नम्बर ८ ः विष्णु नेगी (नेकपा माओवादी केन्द्र) (६३३ मत)
वडा नम्बर ९ ः टंकध्वज लोप्चन (नेपाली कांग्रेस) (७३२ मत)
वडा नम्बर १० ः कमलाकुमारी वाइबा (नेपाली कांग्रेस) (७८२ मत)
वडा नम्बर ११ ः गोपालबहादुर न्यासुर (नेपाली कांग्रेस) (७६० मत)
वडा नम्बर १२ ः ज्ञानेन्द्र बजगाईं (नेपाली कांग्रेस) (५१९ मत)
बागमती गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि ः
गाउँपालिका अध्यक्ष ः सर्केश घलान (नेकपा माओवादी केन्द्र) (७३८४ मत)
गाउँपालिका उपाध्यक्ष ः फणिन्द्रकुमार तिमल्सिना (नेपाली कांग्रेस) (७९३५ मत)
वडा नम्बर १ ः यहुन्ना राई (नेकपा माओवादी केन्द्र) (७३६ मत)
वडा नम्बर २ ः जनकबहादुर पहरी (नेकपा माओवादी केन्द्र) (८३२ मत)
वडा नम्बर ३ ः कमानसिंह पाख्रिन (नेकपा माओवादी केन्द्र) (४१७ मत)
वडा नम्बर ४ ः दन्तलाल माझी (नेकपा माओवादी केन्द्र) (८४४ मत)
वडा नम्बर ५ ः विजयकुमार भ्लोन (नेकपा माओवादी केन्द्र) (६४७ मत)
वडा नम्बर ६ ः टेकबहादुर डिम्डुङ (नेकपा एमाले) (७०६ मत)
वडा नम्बर ७ ः उत्तरबहादुर भ्लोन (नेपाली कांग्रेस) (६२१ मत)
वडा नम्बर ८ ः इन्द्रमणी तिमल्सिना (नेकपा एमाले) (६६५ मत)
वडा नम्बर ९ ः पुनराम घलान (नेकपा एमाले) (८२३ मत)
मकवानपुरगढी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि ः
गाउँपालिका अध्यक्ष ः दोर्जे लामा स्याङ्तान (नेपाली कांग्रेस) (६७०६ मत)
गाउँपालिका उपाध्यक्ष ः मानकुमारी नेपाली पाख्रिन (नेकपा माओवादी केन्द्र) (६११० मत)
वडा नम्बर १ ः आईतसिँह लो (नेपाली कांग्रेस) (७९३ मत)
वडा नम्बर २ ः बखानसिंह पाख्रीन (नेपाली कांग्रेस) (११७१ मत)
वडा नम्बर ३ ः भागवत घिमिरे (नेकपा एमाले) (९४३ मत)
वडा नम्बर ४ ः अर्जुनप्रसाद तिमल्सिना (नेकपा एमाले) (६३४ मत)
वडा नम्बर ५ ः दिपेश दाहाल (नेपाली कांग्रेस) (११६९ मत)
वडा नम्बर ६ ः कृष्णप्रसाद बजागाईं (नेपाली कांग्रेस) (८५१ मत)
वडा नम्बर ७ ः सूर्यबहादुर रुम्बा (नेपाली कांग्रेस) (६७६ मत)
वडा नम्बर ८ ः कुमार घिसिङ (नेपाली कांग्रेस) (४४८ मत)
इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि ः
गाउँपालिका अध्यक्ष ः देवकृष्ण पुडासैनी (नेकपा एमाले) (३७२२ मत)
गाउँपालिका उपाध्यक्ष ः उमाकुमारी लामा (नेकपा एमाले) (३७२५ मत)
वडा नम्बर १ ः सुवास थापा (नेपाली कांग्रेस) (७५३ मत)
वडा नम्बर २ ः सुमन श्रेष्ठ (नेपाली कांग्रेस) (११२० मत)
वडा नम्बर ३ ः प्रताप भोम्जन (नेकपा एमाले) (११७६ मत)
वडा नम्बर ४ ः चन्द्रकुमार बल (नेकपा एमाले) (८०५ मत)
वडा नम्बर ५ ः दुतराज तितुङ (नेपाली कांग्रेस) (८१७ मत)
कैलाश गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि ः
गाउँपालिका अध्यक्ष ः लोकबहादुर मुक्तान (नेपाली कांग्रेस) (४८९७ मत)
गाउँपालिका उपाध्यक्ष ः बालकुमार मल्ल (नेकपा माओवादी केन्द्र) (४०८८ मत)
वडा नम्बर १ ः तेजबहादुर ब्लोन (नेपाली कांग्रेस) (३७५ मत)
वडा नम्बर २ ः राजेन्द्र तामाङ घिसिङ (नेपाली कांग्रेस) (४९९ मत)
वडा नम्बर ३ ः देवलाल बल (नेकपा माओवादी केन्द्र) (४६७ मत)
वडा नम्बर ४ ः तीलकबहादुर मुक्तान (नेकपा माओवादी केन्द्र) (३४४ मत)
वडा नम्बर ५ ः छेकु लामा (नेकपा एमाले) (८९५ मत)
वडा नम्बर ६ ः रामबहादुर गोम्बा (नेकपा एमाले) (४३६ मत)
वडा नम्बर ७ ः उदास कुमार भोलन (नेपाली कांग्रेस) (३१२ मत)
वडा नम्बर ८ ः आशिष प्रजा (नेपाली कांग्रेस) (२९० मत)
वडा नम्बर ९ ः भुवनसिं घलान (नेपाली कांग्रेस) (४४२ मत)
वडा नम्बर १० ः सूर्यबहादुर ब्लोन (नेकपा एमाले) (४३३ मत)
राक्सिराङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिीः
गाउँपालिका अध्यक्ष ः राजकुमार मल्ल (नेपाली कांग्रेस) (५४८१ मत)
गाउँपालिका उपाध्यक्ष ः वनस्तम थिङ (नेकपा माओवादी केन्द्र) (४८३९ मत)
वडा नम्बर १ ः बाबीराम मुक्तान (नेकपा एमाले) (४६३ मत)
वडा नम्बर २ ः बुद्धराम मुक्तान (नेपाली कांग्रेस) (४७८ मत)
वडा नम्बर ३ ः उत्तम वाइबा (नेकपा एमाले) (१०३२ मत)
वडा नम्बर ४ ः संजय कोइराला (नेकपा एमाले) (६९४ मत)
वडा नम्बर ५ ः हरिबहादुर प्रजा (नेपाली कांग्रेस) (४०३ मत)
वडा नम्बर ६ ः अक्कलबहादुर मोक्तान (नेकपा माओवादी केन्द्र) (३९५ मत)
वडा नम्बर ७ ः रामबहादुर प्रजा (नेपाली कांग्रेस) (४५७ मत)
वडा नम्बर ८ ः युसाई प्रजा (नेकपा माओवादी केन्द्र) (५१५ मत)
वडा नम्बर ९ ः रामकुमार वाल्वा थिङ (नेपाली कांग्रेस) (६७४ मत)