परिणाममुखी काम गर्न मन्त्री थपलियाको निर्देशन

हेटौँडा, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सचिव र कर्मचारीहरूलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन्  । वन तथा वातावरण मन्त्रालयको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम् योजना तर्जुमा गोष्ठीलाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्दै मन्त्री थपलियाले सेमिनार, गोष्ठी कम गर्न निर्देशन दिएका हुन् ।

ADVERTISEMENT

उनले लगानीको तुलनामा प्रतिफल आउनेगरी काम गर्न आग्रह गरे । जिम्मेवारी पाएका कर्मचारीले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री थपलियाले मिटिङ, सेमिनार र गोष्ठीमा फजुल खर्च गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । वन मन्त्रालयअन्तर्गत ३७ प्रतिशत मात्रै प्रगति भएको जिकिर गर्दै प्रगति बढ्ने गरी काम गर्न उनले कर्मचारीलाई आग्रह गरे ।

बजेट निर्माणको समय नजिकिर्दै गरेको स्मरण गराउँदै बजेट निर्माण पुरानो शैलीमा नहुने स्पष्ट पारे । ‘‘देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको छ, अर्थतन्त्र जोगाउने गरी काम गर्नुपर्छ, परिणाममुखी बजेटमा जानुको विकल्प छैन, हामी अब फेरिनुपर्छ’’ मन्त्री थपलियाले भने । जङ्गलमा काठ कुहिएर बसेको स्मरण गराउँदै सङ्घले प्रदेशलाई अधिकार नदिँदा कतिपय समस्या भोग्नुपरेको उनको भनाइ छ । (स्रोतः गोरखापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya