एमाले मकवानपुरमा राना र बर्तौला बने उम्मेद्वार

हेटौँडा, नेकपा एमालेले मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेद्वार टुंगो लगाएको छ। ३ माघमा बसेको पार्टी सचिवालय बैठकले उम्मेद्वारको अन्तिम निर्णय गरेको हो।

ADVERTISEMENT

एमालेका अनुसार मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा रामेश्वर राना र निर्वाचन क्षेत्र नम्बर २ मा महेश कुमार बर्तौलालाई उम्मेद्वार बनाउने निर्णय भएको छ। यसअघि जिल्ला र प्रदेश कमिटीबाट दुवै निर्वाचन क्षेत्रका गरी ८ जनाको नाम सिफारिस गरिएको थियो।

रामेश्वर राना २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेद्वारका रूपमा सिफारिस भएका थिए। तर, राप्रपा नेपालसँगको चुनावी तालमेलका कारण कमल थापालाई उम्मेद्वार बनाइएपछि राना पछि हट्न बाध्य भएका थिए।

यस्तै, महेश कुमार बर्तौला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनले नेकपा एकीकृत समाजवादीका उम्मेद्वार विरोध खतिवडालाई पराजित गर्दै संसद प्रवेश गरेका थिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *