उद्योग मन्त्रालायको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी

हेटौंडा, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजनामा समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बुधबार हेटौंडामा चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रगति समिक्षा एवम् आगामी आर्थिक वर्ष २०८१/०८२ को योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र १३ वटा जिल्लाका मन्त्रालय मातहतका कार्यालयहरुको कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा कार्यालयका प्रमुखहरुले आफ्नो आआफ्नो कार्यालयको भौतिक अवस्था, राजस्व, चालू आर्थिक वर्षको कार्यक्रम तथ प्रगती विवरण देखि अनुगमनको क्रममा देखिएको समस्याहरु समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै, उद्योग, वाणिज्य, भूमी तथ प्रशासन मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएको समस्याहरुको समाधान हुने र प्रभावकारी नयाँ योजनाहरु समावेश गर्न समेत आग्रह गरेका थिए ।

त्यस्तै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सीले मातहतको कार्यालयहरुले गर्ने अनुगमनमा दण्ड जरिवाना भन्दा पनि जनता तथा उद्योगीहरुलाई सचेतना प्रदान गर्न निर्देशन दिए । साथै कोशेली घरको बिषयमा भने कार्यविधि नै बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उद्योग मन्त्रालयका सचीव राजेन्द्र कुमार के।सी को सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग मन्त्री प्रकाश श्रेष्ठ, १३ वटा जिल्लाका मातहतका कार्यालयका प्रमुखहरू, मन्त्रालयका महाशाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya