आधुनिक र सोलिड्यारिटीको विजयी सुरुवात

हेटौंडा/हेटौंडाको हुप्राचौरमा निरज श्रेष्ठको स्मृतिे जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता जारी रहेको छ । शुक्रबार भएको पहिलो खेलमा सिद्धार्थ शिशु सदनलाई ९ विकेटले हराउँदै आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले विजयी शुरुवात गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको सिद्धार्थ शिशु सदनले १० ओभरमै अल आउट हुँदै ६१ रन बनायो ।

सिद्धार्थको लागि निखिल गुप्ताले १२ रन, अनिस महतोले १३ रन, अभिलेख कठायतले १६ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोडन सकेनन। सिद्धार्थलाई सस्तैमा समेट्नको लागि आधुनिकका प्रिन्स यादवले ४ विकेट, रोहित ठाकुरले ३ विकेट लिन सफल भए । झिनो रनको लक्ष्य पाएको आधुनिक राष्ट्रिय माविले ३ दशमलव ३ ओभरमा १ विकेटको क्षेतिमा लक्ष्य भेट्टायो । आधुनिकको लागि आयुष सिंहले र रोहित ठाकुरले समान २४ रन बनाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच रोहित ठाकुर घोषित भए ।

यसैगरी शुक्रबार भएको दोस्रो खेलमा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ विजयी भएको छ । सोलिड्यारिटीले ज्ञानोदय बालबाटिका एकेडेमीलाई ७१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको सोलिड्यारिटीले १२ ओभरमा अल आउट हुँदै ११३ रन जोड्न सफल भयो । सोलिड्यारिटीको लागि अनिश यादवले ३२ रन, रुपेश यादव १६ रन र सुरज यादवले १७ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । ज्ञानोदयको तर्फबाट इशान्त मिश्रले ४ विकेट, आलोक शाह र रोहिन खड्गीले समान २ विकेट लिए ।

११४ रनको लक्ष्य पाएको ज्ञानोदयले ११ दशमलव ४ ओभरमा पूरै विकेटको क्षेतिमा ४२ रनमा मात्र सिमित रह्यो । ज्ञानोदयलाई सस्तैमा समेट्नको लागि सोलिड्यारिटीको तर्फबाट पंकज पटेलले ३ विकेट लिन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button