हेटौंडा, नेपाली कांग्रेस मनहरी गाउँपालिकाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । उक्त भेला आइतवार मनहरीको रजैयामा सम्पन्न भएको हो ।
भेला कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
भेलामा पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध, विद्यमान स्थानीय समस्या, गाउँपालिकाले बनाउने बजेट र पार्टीको भावी रणनीति बारे गाउँपालिकाका जनप्रतिनिधि र वडा सभापतिहरुले धारणा राखेका थिए ।
प्रमुख अतिथि एवम् बागमती प्रदेश सभा सदस्य बानियाँले अगुवा कार्यकर्ता र जनप्रतिनिधिले उठाएका समस्या, जिज्ञासा र पार्टीको आगामी रणनीतिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, जिल्ला अनुशासन समिति संयोजक प्रभातकुमार दाहाल, मकवानपुर प्रतिनिधि सभा २ ९ख० का क्षेत्रीय सभापति रञ्जन कालाखेती, महासमिति सदस्यद्वय राजेश भेटवाल र जनकराज उप्रेती, बागमती प्रदेश सदस्य जानुकी लामा, जिल्ला सदस्यहरु चन्द्रप्रसाद न्यौपाने, कमला मैनाली, नवराज खतिवडा, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष पदम तितुङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।






