सुन्दर सहकारीमा पुनः नकर्मी

हेटौंडा, सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा पुनः शम्भु नकर्मी सर्वसम्मत चयन भएका छन् । शनिबार भएको १४ औं साधारणसभाबाट नकर्मीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो । समिति उपाध्यक्षमा गोपालबहादुर थापा, सचिव सविन न्यौपाने, कोषाध्यक्ष दीपक देवकोटा चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी सदस्यमा अर्जनु डंगोल, इन्द्र मोक्तान, निर्मला सुवेदी, कुमार अधिकारी तथा विश्वनाथ ढकाल चयन भएका छन् । भेलाले ऋण समिति सदस्यमा पशुपति रिजाल र बुद्धिप्रसाद पौडेल चयन भएका छन् । यसैगरी लेखा समिति संयोजकमा एसीस रिजाल, सदस्यमा सुनिता नकर्मी र शैलेन्द्र देवकोटालाई चयन गरेको छ ।

नकर्मीको अध्यक्षतामा भएको भेलामा सहकारी बोर्ड वाग्मती प्रदेश उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । ८ सय ७० जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी १ करोड १० लाख ३७ हजार रुपैयाँ रहेको छ।कार्यक्रममा सुन्दर वर्ष सम्मानबाट एकिस रिजाल र सुजल कार्कीलाई सम्मान गरेको थियो । भेलामा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुंगाना, हेटौंडा–२ अध्यक्ष विष्णुगोपाल महर्जन तथा ओम वृद्धाश्रम अध्यक्ष सिद्धीलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *