मानव तिमी सुन्दर छौँ
प्रकृतिले तिमीलाई विशिष्ठ बनाएको छ
तिमी फक्रेृको फूल हौँ, पाकेको फल हौ
तिमी प्रकृतिको अदभूत गहना हौँ
मानव, तिमी भित्र अथाह क्षमता छ
तिमीले चाहेमा तिमी आकाश छुन सक्छौँ
समुद्रको गहिराईमा गएर तिमीले मोती टिप्न सक्छौँ
मानव तिमी भित्र करुणाको सागर छ
सारा जगतको तिमी आमा बन्न सक्छौँ
तिमी भित्रको दयाको सागरमा सारा प्राणीलाई अँगाल्न सक्छौँ
मानव तिमी सधैँ भरी खुसी रहन सक्छौँ
आफू भित्रको अन्धकारलाई हटाउन सक्छाँै
आफू रमाई सारा जगतलाई रमाउने बनाउन सक्छौँ
समयको प्रत्येक सेकेण्डलाई तिमी उत्सब बनाउन सक्छौँ
यसैले म भन्छु रे मानव, तिमी कहिल्यै दुःखी नवन
आफुले आफूलाई कमजो नसम्झ
तिमीले चाहेमा हीरा फोर्न सक्छाँै, मोती टिप्न सक्छौँ
पहाड झैँ अटल बन्न सक्छौँ
सारा जगतलार्य आफ्नो बनाउन सक्छौँ
नाम : बेदाङ्ग सुवेदी
कक्षा : ९
बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय







