टोल विकासहरुले दिए नगरमा प्लाष्टिक बन्द गर्ने स्विकृती

हेटौंडा, नगरमा रहेका टोल विकास सस्थाहरुले उपमहानगरक्षेत्र भित्र प्रदुषणको मुख्य श्रोतको रुपमा रहेको प्लाष्टिक प्रयोग बन्द गर्न स्विकृत दिएका छन् ।

ADVERTISEMENT

बुधबार ५२ औं बिश्व वातावरण दिवसको सप्ताहव्यापी समारोहको समापनमा नगर प्रमुख मीनकुमारी लामाले प्लाष्टिक बन्द गर्दा के हुन्छ, टोल बिकासले सहयोग गर्छ भनि गरेको प्रश्नमा सहभागीले गछौं भनि स्बिकृती दिएका थिए । टोल बिकास सस्थाहरुको स्विकृती दिएपछि नगर प्रमुख लामाले प्लाष्टिकको प्रयोग रोक्नका लागि आगामि आर्थिक बर्षमा कार्यबिधि बनाएर अघि बढ्ने बताइन् । बारम्बार प्लाष्टिकको प्रयोग रोक्नका लागि नगरले काम गर्नुपर्यो भनेर दवाब थियो, अहिले टोल बिकास सस्थामा आवद्ध सबैको सहयोग हुने भएपनि उपमहानगर तयार भएको बताइन् । टोल बिकास सस्थाहरुको सक्रियता कारण उपमहानगर देशमै सफा शहरको रुपमा चर्चामा रहँदै आएको अवस्थमा अब फेरी नयाँ कामका लागि दिएको स्बिकृतीले नगरको नाम फरक ढंगबाट अघि बढ्ने बताइन् ।

दिवसको अवसरमा नगरलाई सफा र सुन्दर बनाउँनका लागि सफाईमा खटिने १५ जनालाई नगद सहित सम्मान गरिएको थियो। वातावरण दिवसको अवसरमा हेटौंडा–६ को रक्षादेवी टोल विकास सस्थालाई नमुना टोल घोषणा गरीएको छ भने बाताबरण सम्मान हेटौंडा ६ को नव जिवन ज्योती क्लबलाई प्रदान गरीएको थियो ।

ADVERTISEMENT

सप्ताहव्यापी कार्यक्रम समापन पुर्ब भएको ¥यालीमा हेटौंडा–८ को मनकामना टोल बिकास सस्था प्रथम, हेटौंडा–११ को सिमलटार टोल बिकास सस्था द्धितिय र हेटौंडा–८ को बिकास टोल बिकास सस्था तृतिय भएका छन् । उनिहरुले क्रमश २०, १५ र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । ¥यालिमा सहभागि रहेका संघ/सस्था मध्यबाट स्वर्गद्वारी बञ्चेबाजा महिला समूह, नेवा सांस्कृतीक पुच र सामुदायिक बिकास सचेतना नेपाललाई प्रोत्साहन स्वरुप नगद ५/५ हजार रुपियाँ प्रदान गरिएको थियो ।

टोल विकास सस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेस सरकारका बन तथा वाताबरण मन्त्री केशब पोखरेल, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, नेपाली काग्रेस मकवानपुरका सभापति बुद्ध लामा, एमाले मकवानपुरका सचिब सिता बिष्ट, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, नगरका बिभिन्न वडाका अध्यक्षहरु लगाएतको आतिथ्यता रहेको थियो । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा हुप्रचौरबाट सुरुभएको र्यालि शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *