सिमभज्याङमा बुद्धको मूर्ति स्थापना

हेटौँडा, थाहानगरपालिका वडा नम्वर ४ सिमभज्याङमा बुद्धको मूर्ति स्थापना गरेका छन् । हेटौंडा उपमहानगरपालिका-११ का समाजसेवी सिद्धिलाल श्रेष्ठ र बविता श्रेष्ठले सिमभन्ज्याङमा साढे १८ फिट उचाईको बद्धको मूर्ति स्थापना गरेका हुन् ।

ADVERTISEMENT

२४८८ मिटर उचाईमा रहेको सिमभन्ज्याङको सानो समथर थुम्कोमा श्रेष्ठ दम्पतीले स्थापना गरेको बुद्धको मूर्तिको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा थाहा नगरपालिकाका मेयर बिष्णु बिष्टले बिहीवार एक समारोहबीच अनावरण गरेका थिए । अनावरण गर्दै मेयर विष्टले पर्यटकीय क्षेत्रमा बुद्धको मूर्ति स्थापना गरेर आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षित गर्न योगदान पुर्‍याएको बताए । स्थापना गरिएको बुद्धको मूर्तिको संरक्षणको जिम्मा स्थानीयवासी र पालिकाले लिनेसमेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्रिभुवन राजपथको सडक छेउको थुम्कोमा निर्माण गरिएको वृद्धको मूर्तिले खास गरी वौद्धमार्गीहरुलाई सिमभन्ज्याङ क्षेत्रमा आकर्षण गर्ने वडाध्यक्ष विनोद लामाले बताए । बुद्धको मूर्ति यस क्षेत्रमा स्थापना गरिएको छैन,यो नै पहिलो हो उनले भने । श्रेष्ठ दम्पतीले करिब १५ लाखको लागतमा उक्त मूर्ति निर्माण गरेर स्थापना गरेका हुन् । धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १८ फिटे बुद्धको मूर्ति निर्माण गरेको समाजसेवी श्रेष्ठले बताए ।

ADVERTISEMENT

बुद्धको मूर्तिको अनावरण र प्राण प्रतिस्थापनपश्चात स्थानीयबासी मूर्तिमा पुजाआज गर्न भीड लागेका थिए । मकवानपुरगढी-७ का हर्करत्न भुलुनले ६ महिना लगाएर उक्त बुद्धको मूर्ति बनाएका थिए । श्रेष्ठ दम्पतीले हेटौंडा उपमहानगरपालिका-११ राप्ती पुल नजिकै बुद्धको मूर्ति स्थापना गरेर आकर्षक बुद्ध पार्क निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *