थाहाका खोलामा १० हजार माछाका भुरा छाडियो

हेटौंडा, थाहा नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय खोलामा लोपोन्मुख असला जातको १० हजार माछाका भुरा छाडेको छ ।

ADVERTISEMENT

बिश्व वातावरण दिवसको अवसरमा स्थानीय खोलाअन्तर्गत थानाबजारको पालुङ खोला,शिखरकोटको ऋषेश्वर खोला र घर्तिखोलाको दम्कीको विभिन्न स्थानमा माछाका भुरा छाडिएको हो । खोलामा असला जातको माछाको भुरा छाडिएको नगरको सामाजिक विकास शाखाले जनाएको छ । नगरप्रमुख बिष्णु बिष्ट, वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका टोली,नगर प्रहरीको टोली लगायतले संयुक्तरूपमा खोलामा माछाका भुराछाडेका थिए ।

नगरप्रमुख बिष्टले पर्यावरण र जैविक विविधताको संरक्षण तथा चराको आहारका लागि उक्त खोलामा माछा छाडिएको बताए । नगर प्रमुख बिष्टका अनुसार खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरे । खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसंग परामर्श गरेर अगाडि बढ्ने नगरप्रमुखको भनाई छ ।

करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए। शाखा प्रमुख अनिल लामिछानेका अनुसार उक्त खोलामा स्थानिय असला जातका माछाको भुरा नलिवन देखि लेराएर छाडिएको हो ।

उनले उक्त खोलामा फोहर फाल्न, वडा कार्यालयको सिफारिसबिना ढुङ्गा तथा गिट्टी निकाल्नसमेत निषेध गरिएको बताए । हाल छाडिएको माछा हालिएको खोला वरपर कुनैपनी तवरले दुइ वर्षसम्म मार्न नदिइने जनाइएको छ ।
जलचर संरक्षण ऐन २०७४ अनुसार निषेध गरिएको क्षेत्रमा जलचर मारेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने प्रावधान छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *