चुरियामाईको खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानी चुरिमाईमामा अवस्थित शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति आज एक समारोहका बिच हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । यस क्षेत्रमा संचालित ४५० धाराहरुले १० हजार लिटर खानेपानी उपभोग गरे बापत न्युन्तम शुल्क २५० रुपैयाँ भुक्तानी गर्दे आइरहेकोमा आज देखि १० हजार लिटर सम्म पानी निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

कार्यक्रममा वडा नंम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानले साविक चुरियामाई गाविसको विगतको खानेपानीको लागि गरिएका प्रयास तथा संघर्षहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खानेपानीको टंकि निर्माण गर्न जग्गा उपलबध गराउने जग्गा दाताहरुलाई सम्म गर्नुका साथै समितिमा विगत लामो समय देखि कार्य गर्दे आइरहनु भएका कर्मचारी सेते वाइवालाई उमेर हदका कारण अवकास प्राप्त हुनु भएकोले विदाई तथा सम्मान समेत गरिएको थियो ।

निर्वाचित जनप्रतिनिधिहरुले आफनो घोषणा पत्रमा बाचा गरे अनुसार हेटौंडा वडा नं। १५ का बासिन्दाहरुलाई १० हजार लिटर खानेपानी उपभोग गरे वापत नि शुल्क खानेपानी उपलब्ध गराउन सफल भएकोमा नगर प्रमुख मिना कुमारी लामाले खुशि व्यक्त गर्नु भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उप प्रमुख राजेश बाँनिया ज्यूले शुभकामना मन्तव्य गर्नु भएको थियो । नगर बासिलाई न्यून्तम विद्युत महशुल छुट दिनको लागि आवश्यक अध्धयन कार्य भई रहेको समेत जानकारी गराउनु भएको थियो ।

शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पातली गोङ्वाको सभाअध्यक्षतामा सम्मपन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मिना कुमारी लामा, प्रमुख अतिथि, नगर उप प्रमुख राजेश बाँनिया, वडा नं। १५ का वडा अध्यक्ष सुनिल मोक्तान र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टको विशेष आतिथ्यता एवम् खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख बिष्णु प्रसाद सापकोटा, पूर्व गा।वि। अध्यक्ष प्रेम भोम्जन, समाजसेवी भानु प्रताप बिडारी, पूर्व खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्च बहादुर थिङको आतिध्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीहरु लगायत स्थानिय खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button