ऊँ वृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग

हेटौंडा/हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले चौकीटोलमा रहेको ऊँ वृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । हेटौंडा एकेडेमी सोसल क्लबले सहयोगी हात कार्यक्रममार्फत ऊँ वृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा १ नम्वर वडा अध्यक्ष सविन न्यौपानेले वृद्ध–वृद्धाको खुशीको लागि आ–आफ्नो ठाउँबाट सकारात्मक पहल हुनुपर्ने बताए । विद्यार्थीहरुको अग्रसरतामा यस्ता कार्यक्रम आयोजना हुनु अत्यन्त सुखद कुरा भएको र आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम गर्न उनले क्लमसमक्ष आग्रह गरे ।

हेटौंडा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले जेष्ठ नागरिकहरूको सम्मान बिना देश र आउदो पुस्ता सुसंस्कृत हुन नसक्ने हुँदा आ–आफ्नो परिवार र समुदायमा जेष्ठ नागरिक प्रति सम्मान र सेवाभाव वृद्धिहुने कार्य गर्नुपर्ने बताए । स्कूल क्याप्टेन एवम् कक्षा १० का छात्र शेख अरमानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य गौरीदेवी चिमरिया, ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *