जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ विरामी

हेटौंडा, जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साता भित्र तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने विनोद लामाका ४ वर्षका छोरा दिपेश लामा, सोहि स्थानकी २५ वर्षकी निरुमाया रुम्बा र राक्सिराङ्ग गाउँपालिका ७ दुगुवाङ्ग बस्ने ५५ वर्षका बलबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो ।

ADVERTISEMENT

असार ३ गते जंगली च्याउ खाएर बिरामी परेका बालक लामा र रुम्बाको चितवन स्थित सिएमसी अस्पतालमा उपचार भईरहेकोमा आर्थिक अभावका कारण परिवारले आफू खुसी घर लगेको र उनीहरुको असार ८ गते घरमै मृत्यु भएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो । यस्तै जंगली च्याउ खाएर बिरामी परेका प्रजाको पनि भरतपुर अस्पताल चितवनमा सोहीदिन मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी परेका मध्ये ८ जना उपचारपछि घर फर्किएको र अन्यको सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा वर्खा लागेसँगै जंगलमा च्याउ निस्कने गर्दछ । सोही विषालु च्याउ नचिन्नाले मानिसहरुको मृत्यु समेत हुने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *