शिवमको अनुगमन गर्न वडा अध्यक्षको संयोजकत्वमा समिति

हेटौंडा, हेटौंडा–१६ शिवम् सिमेन्ट क्षेत्रका स्थानियको समस्या समाधान गर्न समिति गठन गरिएको छ । उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिक जन्य पदार्थहरु संकलन गरी जलाएको र लामो समय देखि धुलोका कारण स्थानिय पिडामा परेको भन्दै आन्दोलनमा रहेका स्थानियको समस्या समाधानका लागि हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरीएको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकामा भएको सर्बपक्षिय बैठकले आउँदो सात दिन भित्र जनताको गुनासाको संबोधन हुने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै आवश्यक अनुगमनका लागि समिति गठन गरीएको हो । नियमित अनुमन गर्ने समितिको सहसंयोजकमा १७ नम्बरका अध्यक्ष उद्धब सत्याल र हेटौंडा उपमहानगरपालिकाका बाताबरण इन्जिनियर चन्दा खड्का सदस्य सचिब रहेको १८ सदस्य समिति गठन गरीएको हो ।

समितिले उद्योगले सिमेन्ट उत्पादनका लागि पेल्ने ढु·ाबाट निस्कने धुलो, सञ्चालनका क्रममा आउँने ध्वनी नियन्त्रण गर्नुपर्ने र उद्योग परीसरमा बिभिन्न स्थानबाट संकलिन प्लाष्टिक जलाए नलाएको निरीक्षण गर्दै सुधारको काममा दवाब दिनका लागि समिति गठन गरीएको हो । बैठकका क्रममा स्थानियले बिगत १९ बर्षदेखि उद्योगले फैलाएको प्रदुषणका कारण स्थानियमा स्वासप्रस्वासको समस्या देखिएको बताएका थिए । पटक÷पटक बैठक बस्दै सम्झौता गरेपनि उद्योग सञ्चालकले समस्या समाधानका लागि कुनै काम नगरेको बताए ।

उद्योगलाई जिम्मेवार बनाउँने काममा स्थानियको भूमिका महत्वपुर्ण हुने भन्दै हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले समस्या समाधानका लागि जिम्मेवार बन्न उद्योग सञ्चालकलाई आग्रह गरीन् । अनुगमन समितिले आउँदो ७ दिन भित्र सकारात्मक सन्देश ल्याउने काममा उद्योगलाई सहयोगि बन्न सुझाब दिइन् । स्थानिय बासिन्दा बराबर स्थानिय सरकारका लागि कोही नहुँने भन्दै सजग भएर उद्योग सञ्चालन गर्न तर्फ ध्यान दिन सुझाइन् ।

बैठकमा उपप्रमुख राजेश बानियाँले स्थानियलाई खुशी बनाएर काम गर्दा मात्र उद्योगको समस्या हट्दै जाने बताए । स्थानियलाई जति दुख दियो उत्ती उद्योगमा समस्था थपिने बताए । नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधी सहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजाल, शसस्त्र प्रहरी बल मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उद्योग संघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघका अध्यक्ष बद्रिप्रसाद शर्मा, शिवम् सिमेन्ट प्रभावित क्षेत्रका स्थानिय टोलबिकास सस्थाका प्रतिनिधी र स्थानियको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *