असार २९ गते हेटौंडामा कोरा साइकल च्यालेन्ज हुने

हेटौंडा, हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्ज गर्ने भएको छ । कोरा अन्तराष्ट्रिय दिवस हो ।करिव ३ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले असार २९ गते शनिबार कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो । सोसाइटीले यो तेस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गर्न लागेको हो । असार २९ शनिबार भुटनदेबी मन्दिरबाट सुरु हुने धार्मिक साइकलयात्रा करिब २१ किमिको हुने बताइएको छ । यसका लागि प्रतिब्यक्ति एकसय ५० रुपैयाँ शुल्क तिरेर २ सय भन्दा बढीले आबेदन फर्म भरिसकेका छन् । विहान ६ बजे भुटनदेबी मन्दिरमा जम्मा हुने, ७ बजे ¥याली सुरु गर्ने तयारी भएको संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

ADVERTISEMENT

भुटनदेबी मन्दिरबाट कर्रा हुँदै गुम्बाचोक, सिमेन्टरोड, कुष्माण्ड सरोबर त्रिबेणीधाम, गोरक्षश्वर, राप्तीरोड हुँदै बुद्धचोक, हनुमान मन्दिर, चौकीटोल ओरालो, लोकप्रियचोकबाट ओमशान्ति, जलेश्वर, बनश्खण्डी, मुक्तिनाथ, बुढानीलकण्ठ, दक्षिणकाली, रुद्रेश्वर, माछाप्लान हुँदै क्याम्पा रंगशाला, गर्दोई लक्ष्मीनारायण मन्दिर चिसापानी, भैरवरोड, चिल्ड्रेनपार्क रोडबाट पशुपतिनाथ मन्दिर हुँदै हुप्राचौरमा समापन गरिने छ ।कार्यक्रममा लक्की ड्र गरेर भाग्यशाली २५ जना जतिले बिभिन्न खालका आकर्षक पुरस्कार पाउनेछन् । जेष्ठ महिला र पुरुष, कनिष्ठ उमेर समूहका महिला पुरुष पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ । यो वर्षको कोरा राइडमा सहभागी हुनका लागि ललितपुर, कीर्तिपुर, काठमाडौं, सिमरा, सैनामैना, बुटवलबाट पनि साइकलप्रेमी सहभागी हुनेछन् । हालसम्म नाम दर्ता गर्ने जेष्ठ सदस्य ८४ वर्षीय नागरिक पनि छन् । ललितपुरबाट १५ जना भन्दा बढी महिला साइकलयात्रीको सहभागिता रहेन छ ।

हिमालयन राइडर्स सोसाइटीको आयोजनामा हुन लागेको यो तेस्रो संस्करण हो । कोराको तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । संसारभर जुुलाईको तेस्रो शनिबारका दिन आयोजना हुने कोरा च्यालेन्ज हेटौंडामा आयोजना गर्न लागेको हो । बिशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्ज शनिबार बिहान करिब २० वटा मन्दिर परिक्रमा गरिँदैछ ।कोरा च्यालेन्जमा सहभागी हुने सबै साइकलयात्रीलाई टिसर्ट, प्रमाणपत्र प्रदान गरिने छ । यो कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सोसाइटीका उपाध्यक्ष राजु थापामगरले जानकारी दिएका छन् । यो प्रतियोगितात्मक दौड वा ¥याली नभई बिशुद्ध धार्मिक क्षेत्रको प्रवद्र्धन गर्ने अन्तराष्ट्रिय अभियान भएको सोसाइटीका उपाध्यक्ष थापाले जानकारी दिएका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya