नवसर्जक चौतारीको २५ ओैँ मासिक शृङ्खला सम्पन्न

हेटौंडा, नवसर्जक साहित्य चौतारी नेपाल,केन्द्रीय समितिको आयोजनामा भर्चुअल माध्यमबाट शनिबार नवसर्जक मासिक शृङ्खला २५ अन्तर्गत २११ औँ भानु जयन्तीविशेष कविता प्रतियोगिता, रचना वाचन एवम् विमर्श कार्यक्रम भएको छ । कार्यक्रम संस्थाकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईँको सभाध्यक्षता तथा समालोचक महेश पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पौड्यालले भानुभक्तबाट नयाँ पुस्ताले परोपकारी बन्ने, सङ्घर्षशील तथा सिर्जनशील बन्ने तथा उनी जस्तै अग्रज स्रष्टाका कृतिको गहन अध्ययन गरी वास्तविक मूल्याङ्कन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा नवसर्जकहरू परिधि सापकोटा, विद्यादेवी आचार्य, अमिश्का मैनाली, रिया गुप्ता, कुशल अधिकारी, आश्रीया आचार्य, आयुश्री सापकोटा, आरोही खतिवडा, प्रेरक गौतम, रुबस पराजुली, सुरभी सापकोटा ,मानश्वी चापागाईँ, रुप्लेसा देवकोटा, अनासुया खनाल, कृन्शा मैनाली, कृतिका ढकाल गरी १६ जनाले रचना वाचन गरेका थिए । जसमध्ये जीएस निकेतन माविका कक्षा-८ का छात्र प्रेरक गौतम, एसओएस हर्मन स्कुल, काभ्रेकी कक्षा-७ की छात्रा आयुश्री दाहाल र तुलसीमेहर मेमेरियल मावि, हेटौँडाकी कक्षा(६ की छात्रा अनासुया खनाल उत्कृष्ट तीन घोषित भएका थिए । उत्कृष्ट ३ नवसर्जकलाई बालमैत्री छात्रावास हेटौँडा-४ ले पुरस्कार प्रायोजन गरेको र उक्त पुरस्कार भोलि असार ३० गते किताबघर, हेटौँडाबाट पुरस्कृत गरिने संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमले जानकारी दिए । प्रतियोगितामा संस्थाका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी एवम् उपाध्यक्ष कृतिका लौडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

ADVERTISEMENT

लेखन संस्कृति सँगसँगै पठन संस्कृतिको पनि प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा चौतारीकी वाग्मती प्रदेश सदस्य आकाङ्क्षा ९निमिशा० निरौलाले आदिकवि भानुभक्तको ‘प्रश्नोत्तर’ को कृतिसमीक्षा प्रस्तुत गरेकी थिइन् भने केन्द्रीय सदस्य रोश्नी चौलागाईँले भानुभक्तको विषयमा रचित कविता वाचन गरेकी थिइन् । संस्थाका परिकल्पनाकाररसंरक्षक दीपक गौतमले बालकवितासहित संस्थाको परिचय प्रस्तुत गरेका थिए भने सल्लाहकार रमेशमोहन अधिकारीले भानुभक्त तथा चौतारीले कार्यक्रममा विविधतासहित निरन्तरता दिएकोमा प्रसन्नता व्यक्त गरेका थिए ।

कार्यक्रममा तीन दर्जनबढी नवसर्जकको उपस्थिति रहेको थियो । चौतारीले हरेक महिनाको चौथो शनिबार नियमित मासिक शृङ्खला सञ्चालन गर्दै आएको छ भने हप्ताको दुई दिन शुक्रबार र शनिबार भर्चुअल माध्यमबाट विधाविशेष नवसर्जक कार्यशाला सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *