साउन ५ गते हेटौंडा कोरा साइकल च्यालेन्ज

हेटौंडा, हेटौंडा राइडर्स क्लवको आयोजनामा यही साउन ५ गते शनिबार हेटौंडा कोरा साइकल च्यालेन्ज कार्यक्रम हुने भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै स्वास्थ्यका लागि आयोजना हुँदै आएको हेटौंडा कोराको तयारी करिब पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । ५ गते शनिबार करिब ५० किलोमिटर दुरीको कोरा साइकल च्यालेन्जमा २५० जना भन्दा बढीको सहभागिता रहने हेटौंडा राइडर्स क्लवका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए । कोरा साइकल च्यालेन्जमा १२ वर्ष उमेर समूहमाथिका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा मकवानपुरसहित छिमेकी जिल्ला चितवन, बारा, पर्सा र काठमाडौंका साइकलयात्रीहरुको सहभागिता रहने जानकारी दिइएको छ ।

‘यस वर्षको हेटौंडा कोरा साइकल च्यालेन्जमा २५० जना भन्दा बढीको सहभागिता रहने अनुमान गरेका छौं । हालसम्म दुईसय जनाले नाम दर्ता गराइसकेका छन्’, अध्यक्ष ताम्राकारले भने, ‘हेटौंडाको प्रमुख धार्मिकस्थल भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल यात्रा हेटौंडा बजार, सानोपोखरा, वनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी, सालकपार्क, एक्लेखेत, हटिया हुँदै बुद्धचोकमा आएर समापन हुनेछ ।’ शनिबार दिनभैर हुने यस कार्यक्रममा क्लवका स्वयम्सेवकले व्यवस्थापन र प्रहरील सुरक्षा प्रदान गर्ने आयोजक हेटौंडा राइडर्सका सदस्य विपिन ताम्राकारले बताए । कार्यक्रमका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya