दूधको उचित मूल्य नपाएकोमा किसानको गुनासो

हेटौंडा, हेटौडा-६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिकोत्सव मंगलवार सम्पन्न भएको छ।

ADVERTISEMENT

कार्यक्रममा सहभागी भएका दुग्ध उत्पादक किसानहरुले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन । केहि समय बढेको मूल्य पनि फेरि घटाएर सरकारले किसानहरुको हित विपरित काम गरेको गुनासो गरे ।दैनिक जसो दाना, चोकर, ढुटो, परालको मूल्य वृद्धि हने तर दूधको मूल्य वर्ष दिनमा बढ्दा पनि घटने गरेकाले पेशा बाट विस्थापित हुने दिन आएको केदार अधिकारीले गुनासो गरे ।

कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक बासुदेव अधिकारीले बोर्डले किसानको हितमा काम गर्दै आएको बताए । पछिल्लो समय ब्यवसायी पनि मारमा परेको र उत्पादन भएका दूधजन्य पदार्थको विक्री नहुदा समस्या परेको बताए ।
सहकारीका संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देलको प्रमुख आतिथ्यता सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष केशव प्रसाद सञ्जेल, उपाध्यक्ष केशव धिताल, सञ्चालक समितिका पदाधिकारी, दुग्ध उत्पादक किसान, सञ्चारकर्मी, कर्मचारी लगायकतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *