हेटौंडा, थाहा नगरपालिकामा आजबाट पाचौँ संस्करणको खुल्ला उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा संग्राम खत्री र समराज पाखिनले उद्दब बिडारी र रामचन्द्र लामालाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी आज भएको दोश्रो क्वाटर फाइनल खेलमा आग्रा स्पोर्ट्सका देव कुमार अर्याल र नरेन्द्र मोक्तानले रामचन्द्र कार्की र बिमल बिष्टलाई हराउँदै सेमिफाइनल प्रवेश गरेका छन । आज भएको तेस्रो खेलमा नबिन रायमाझी र सुबिन्द्रमान प्रधानलाई हराउदै शिखर क्लबका इशाक केसी र सुबाष थापा सेमिफाइनल प्रवेश गरेका छन् आज भएको अन्तिम क्वाटर फाइनलमा खेल थाहा नगरपालिकाका नबिन चौधरी र कबिन्द्र बडले शिखरन्क्लबका सन्तोष कार्की र सुनिल बिष्टलाई पराजित गर्दै आफ्नो समुहलाई सेमी फाईनलमा पुर्याउन सफल भए ।
सेमि फाइनलको पहिले खेल भोली बिहान ७ बजे आग्रा स्पोर्टस बिरुद्द थाहा नगरपालिका बिच हुनेछ । त्यसैगरी दोश्रो सेमी फाइनल खेल इशाक केसी र सुभाष थापा बिरुद्द संग्राम खत्री र समरा ज पाखिन बिच हुनेछ भने फाइनल खेल ९ बजे हुने आयोजकले जनाएको छ । खेलकुद बिकास समितिका अध्यक्ष टिकाराम स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका मेयर बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजारका साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछन भने दोश्रो र तेश्रो हुनेले १५ हजार नगद सहित मेडल प्राप्त गर्ने छन् ।







