हेटौंडा, भोलि (शुक्रबार)को पहिलो खेलबाट हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी आठौँ राष्ट्रिय भेट्रान्स कप एट ए साइट फुटबल प्रतियोगिताको सेमिफाइनल खेलको संस्करण पूरा हुने भएको छ । विहीबार भएको खेलबाट सेमिफाइनलमा एविसी भेट्रान्स पोखरा, एमएमसी काठमाडौं र सिमरा भेट्रान्स बारा प्रवेश गरिसकेका छन् । शुक्रबार हुने बानेश्वर भेट्रान्स काठमाडौ र जोरपाटी काठमाडौ बीचको प्रतियोगितामा विजेता टीमले सेमिफाइनलमा सिमरा भेट्रान्स बारासँग प्रतिस्पर्धा गर्ने छ ।
विहीबार भएको पहिलो खेलमा जोरपाटी भेट्रान्स काठमाडौं विजयी भएको छ । जोरपाटीले बगरभाई खलक पोखरालाई २–० को गोल अन्तरले पराजित गरेको हो । जोरपाटीकोतर्फबाट रन्जित लामा र अर्जुन लामाले घोल गरेको थिए । प्रतियोगितामा अर्जुन लामा म्यान अफ द म्याच घोषित भए । त्यसैगरी विहीबार भएको दोस्रो खेलमा हेटौंडा भेट्रान्स बी पराजित भएको छ । सिमरा भेट्रान्स बारासँग १–० को गोलले हेटौंडा भेट्रान्स बी पराजित हुन पुग्यो । सिमरा भेट्रान्सको लागि गोल गरेका विनोद परिवार म्यान अफ द म्याच घोषित भए । त्यसैगरी हेटौंडा भेट्रान्स ए ले एविसी पोखरासँग ५–१ को गोल अन्तरले हराएको हो ।
एविज पोखराको तर्फबाट विजय गुरुङले ह्याट्रिक गर्न सफल भए भने हरि बहादुर खड्काले २ गोल गर्न सफल भए । हेटौडा भेट्रान्सको लागि सान्तव्ना गोल प्रशान्त पाख्रिनले गरेका हुन् ।
विहीबार भएको चौथो खेलमा मनाङ मस्र्याङ्दी काठमाडौं विजयी भएको छ । मनाङले एक्स भेट्रान्स पोखरालाई १ गोलले हराएको हो । मनाङको लागि गोल गरेका शिशिरबहादुर हमाल म्यान अफ द म्याच घोषित भए । १७ वटा टीमले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।






