हेटौंडा, मकवानपुर प्रहरीले १४ किलो लागूऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ८ का ४२ वर्षका केदार तामाङ र सोही स्थानका ३६ वर्षका सुकमान तामाङ रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ मा प्रहरी चौकी रातोमाटे हेटौंडाको टोलीले चेकिङको क्रममा चरेशसहित दुईजनालाई पक्रेको हो ।
हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ६०६१ नम्बरको बसलाई चेकिङ गर्ने क्रममा उनीहरुले बोकेको झेला खानतलासी गर्दा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।







