खुल्ला निबन्ध लेखन प्रतियोगितामा लामिछाने प्रथम

हेटौंडा/साहित्य संगम मकवानपुरको आयोजना तथा नेपाल हृदयराग निवारण प्रतिष्ठानको प्रायोजनमा खुल्ला निबन्ध लेखन प्रतियोगिता शनिबार हेटौंडामा भएको छ । प्रतियोगितामा झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवि लामिछाने प्रथम भएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा चन्द्रोदय माविका प्रतिमा पौडेल द्वितीय, कृष्ण आदर्श इंग्लिस बोडिङ स्कूल कक्षा १० मा अध्ययनरत गरिमा थापा तृतीय र गौरी कडेल सान्त्वना हुन सफल भएको साहित्य संगम मकवानपुरका सचिव डीवि बर्तौलाले जानकारी दिए। प्रतियोगितामा १४ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा साहित्यकार निमेष निखिल, सुवास खनाल र भवानी तिमल्सिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी साहित्य संगम मकवानपुरको ३२३ औँ नियमित सन्ध्या तथा शुभकामना आदन प्रदान कार्यक्रम पनि भएको थियो । साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हर्ट फाउन्डेनका केन्द्रीय सदस्य भगीरथ शर्मा खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *