गौरी शिखर स्कूलमा प्रशिक्षक थापाद्वारा प्रशिक्षण

हेटौंडा, हेटौंडा– १५, गौरी शिखर इंग्लिश स्कूलमा अध्यापनरत शिक्षकहरुलाई र अमेरिकन एम्बेसी रिजनल इङ्ग्लिश ल्याङवेज अफिसद्वारा प्रदान गरिएको बोर्ड गेम सम्बन्धी प्रशिक्षक विवश जंग थापाले प्रशिक्षण दिएका छन्।

ADVERTISEMENT

प्रशिक्षक थापाले १५ जना शिक्षकहरूलाई बोर्ड गेम प्रदान गरी प्रशिक्षण दिएका हुन । शिक्षकहरु लाई विभिन्न समूहमा राखेर , विषयगत प्रश्न बनाई अतिरिक्त क्रियाकलापहरू समेत समावेश गरी सहजीकरण गरिएको थियो । सबै उमेर समूह र विभिन्न क्षमता भएका बालबालिकालाई मध्येनजर गर्दै , खेल सम्बन्धी सहजीकरण गरिएको हो ।

कक्षाकोठामा बालबालिका लाई खेलद्वारा शिक्षण सिकाइ गर्दा रुचिकर हुने र सिकाई समेत दिगो र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक विक्रम राणा मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *