कौशल पाण्डेको स्मृतिमा ‘स्मृतिका पानाहरु’ सार्वजनिक

हेटौंडा, कौशल पाण्डे स्मृति ग्रन्थ ‘स्मृतिका पानाहरू’ किताब विहीबार हेटौंडामा सार्वजनिक भएको छ । श्याम प्रसाद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रतिष्ठानले उक्त पुस्तक प्रकाशन गरेको हो ।

ADVERTISEMENT

प्रतिष्ठानले बिहीबार एक कार्यक्रमका बिच प्रगतिवादी साहित्यकार टिआर पोखरेलको प्रमुख आतिथ्यतामा स्मृति ग्रन्थ सार्वजनिक गरेका हुन् । मकवानपुरे साहित्यकार राजबाबु पहाडी र सूर्यप्रसाद शर्माले स्मृतिका पानाहरु ग्रन्थको समिक्षा गरेका थिए । स्मृति ग्रन्थमा पाण्डेलाई नजिकबाट चिन्ने, जान्ने र बुझ्ने ३७ जना स्रष्टाहरुले आफ्ना अनुभव, दृष्टिकोणहरु लेख मार्फत् प्रस्तूत गरेका छन् । साथै पाण्डेका केही रचनाहरु समेत ग्रन्थमा समावेश गरिएको छ ।

कार्यक्रममा श्याम प्रसाद स्मृति प्रतिष्ठानका सदस्य पुरुषोत्तम आचार्य, कौशल पाण्डेको कान्छी बहिनी शान्ती ढुङ्गानाले कविता वाचन गरेका थिए । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी छिन्तु, जिल्ला समन्वय प्रमुख ललित घलान, शिक्षाविद् पुरन बहादुर जोशी, नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महत, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारीलगायतको आतिथ्यता रहेको थियो । साहित्यकार, पत्रकार, शिक्षक, एवं राजनीतिज्ञ पाण्डेको २०७९ साल कार्तिक १० गते निधन भएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *