हेटौँडा, बागमती प्रदेश सभाको बैठक चैत २४ गते बस्ने भएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मंगलबारका लागि प्रदेश सभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै चैत २४ गते मंगलबार दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिए।
यसअघि गत साउन २७ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए। त्यसयता हालसम्म प्रदेश सभाको बैठक बस्न सकेको थिएन।
करिब ८ महिनापछि प्रदेश सभा बैठक बस्न लागेकाले प्रदेशका महत्वपूर्ण विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।







