प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हेटौंडा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी मकवानपुरले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

ADVERTISEMENT

चैत १५ गते काठमाडौको तिनकुनेमा राजावादीहरुले गरेको हिंसा त्मक गतिविधिको बिरोध गर्दै देशभरीका नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाउदा मकवानपुर जिल्ला कमिटीले पनि बुझाएको हो । ज्ञापन पत्रमा नेकपा
(एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा भएको तोडफोड , पत्रकारलाई जिउँदै जलाएर गरिएको हत्या , आम नागरिकको गोली हानी हत्या , ब्यापारिक भवनहरुमा , नागरिकको घरमा आगजनी र तोडफोड र चोरी लगायतको गतिविधिको पार्टीले निन्दा गरेको छ भने भएको क्षतिको उचित क्षतिपूर्तिको समेत माग गरेको छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष विष्णु दाहालले बुझाउनु भएको ज्ञापन पत्र बुझ्दै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले तुरुन्त प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाइदिने प्रतिबद्दता ब्यक्त गर्नुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजवादी नेत्री मुनु सिग्देल , मेयर मिनाकुमारी लामा लगायत केन्द्रिय , प्रदेश र जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya