आगलागी पीडितलाई चैनपुर जेसीज मनहरीको सहयोग

हेटौँडा, मकवानपुरको मनहरी गाउँपालिका ४ मसिने चुवारपाखाका एक आगलागी पीडित परिवारलाई चैनपुर जेसीज मनहरीले खाद्यान्न सहयोग गरेको छ । वनबाट सल्केको डंढेलोले घरसहित खाद्यान्न, लत्ताकपडा र खानेकुरा जलेर नष्ट भएका गणेशबहादुर गोलेको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

ADVERTISEMENT

बुधबार विहान एक कार्यक्रमका बीच गोलेको परिवारलाई ३ बोरा चामलसहित तरकारी, नुन, तेल, मसला, सावुन लगायतका सामग्री सहयोग गरेको हो । कार्यक्रम संयोजक मिलन ढुङ्गानाको संयोजन एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । डंढेलोका कारण घर जलेर नष्ट भएपछि छिमेकीको घरमा बस्न बाध्य भएको परिवारलाई तुरुन्तै खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले बताए ।

वडा अध्यक्ष थापाले आफ्नो वडाको आगलागी पीडितलाई सघाउ गरेकोमा जेसीजलाई धन्यवाद ज्ञापन गर्दै पीडितको घर बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वनबाट सल्केको आगोले घर जलेर नष्ट भएपछि गोलेको ५ जनाको परिवार छिमेकमा आश्रय लिएर बस्न बाध्य रहेका छन् । यसअघि वडा अध्यक्ष थापाले समेत आवश्यक खाद्यान्न सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, स्थानीय समाजसेवी माधव गौतम, मानबहादुर थिङ, मंगलबहादुर मुक्तानलगायतको आतिथ्यता रहेको जेसीजका महासचिव सुरेश गौतमले जानकारी दिए । पशुपति माविका अध्यक्ष समेत रहेका गौतमले आगलागी पीडित परिवारको विद्यार्थीका लागि भर्ना निशुल्क गर्नुका साथै विद्यालय पोशाक र स्टेसनरी सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ADVERTISEMENT

कार्यक्रममा समुन्द्र फार्मेसी हेटौंडा १९ ले आगलागी पीडितसहित स्थानीयवासीको निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya